यद्धकवि राई अभिव्यक्ति शृङ्खलामा प्रस्तुत हुँदै



 

४ असोज २०७५, काठमाडौँ

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनी आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँँ संस्करणमा युद्धसाहित्य सिद्धान्तकार, साहित्यकार तथा कवि गणेश राई प्रस्तुत हुने भएका छन् ।

सेप्टेम्बर २२ तारिक शनिबारका दिन लन्डननजिकै हाईवेकमको क्लिनउड कम्युनिटी हाउसमा आयोजना हुने भव्य समारोहमा कवि राई आफ्नो दर्जन बढी युद्धकविता र युद्धसाहित्य अवधारणासहित प्रस्तुत हुनेछन् । राईका कविता संग्रह ‘राईफलले फलाकेको जिन्दगी’ तथा तीन वटा उपन्यास ‘राईफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राईफलको संगीत’, ‘राईफलको मूच्र्छना’ र ‘फोकल्यान्ड जर्नल’ कृति प्रकाशित छन् ।

प्रतिष्ठानका महासचिव मिजास तेम्बेका अनुसार बेलायतमा रहेका नेपाली स्रष्टाहरूको सम्मान गर्दै तिनका सिर्जनाहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००८ देखि सुरु गरिएको ‘अभिव्यक्ति शृङ्खला’मा यसअघि गायक तथा सङ्गीतकार चोक गुरुङ, कवि दयाकृष्ण राई, कवि टंक वनेम, सङ्गीतज्ञ किशोर गुरुङ, गजलकार अञ्जु अञ्जली, गायक तथा सङ्गीतकार नोर्देन तेन्जिङ भुटिया, कवि तथा गीतकार शशी थापा सुब्बा, कवि रक्ष राई, गीतकार निर्मला परिवेश राई र कवि रूपक श्रेष्ठ प्रस्तुत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्