पाकिस्तानविरुद्धको खेलमा हार्दिक घाईते, एसिया कप नखेल्ने पक्का



०४ असोज २०७५,काठमाडौं

भारतका अलराउण्डर खेलाडी हार्दिक पाण्डेय एसिया कपबाट बाहिरिएका छन् । पाकिस्तानविरुद्ध बुधबार खेलिएको खेलमा उनी सशक्त घाईते भएका हुन् । अब उनले एसिया कप खेल्न नसक्ने भएका छन् । यससँगैं भारतीय टिमले ठुलो क्षति बेहोर्नु परेको हो ।

उनको ठाँउमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिबि) ले दिपक चहरलाई अनुबन्ध गरेको छ । बुधबार भएको पाकिस्तानसँगको खेलमा हार्दिकले आफ्नो पाचौं ओभरको पाचौं बलिङपछि मैदानमै लडेका थिए । त्यसपछि उनलाई स्ट्रेचरको सहायताले मैदान बाहिर निकालिएको थियो ।

मिडिया रिपोर्टअनुसार हार्दिकको कम्मरको भित्री मांसपेशीमा चोट लागेको छ । एसिया कपमा पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गरेको भारतले शुक्रबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्