च्याम्पियन्स लिग : म्यानचेस्टरको बेस्ट प्रदर्शन सुरुवात



०४ असोज २०७५, काठमाडौं

च्याम्पिन्स लिगमा म्यानचेस्टर युनाईटेडले राम्रो खेलको सुरुवात गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टरले स्वीस क्लबाई ३–० को फराकिलो जित हात पारेको हो ।

म्यानचेस्टारको यो फराकिलो जितको श्रेय भने पोग्वालाई जान्छ । उनले म्यानचेस्टरको जितमा २ गोल गरेका हुन् । पोग्वाले खेलको पहिलो हाफमा नै २ गोल गर्न सफल भएका हुन् । पहिलो हाफको ३५ औं तथा ४४ मिनेटमा दुई गोल हान्दै उनले म्यानचेस्टरलाई अग्रता दिलाएका हुन् ।

त्यस्तै मार्सियलले खेलको दोस्रो हाफको ६६ औं मिनेटमा अर्को गोल आफ्नो पोल्टोमा बनाउँदै म्यानचेस्टरलाई अडिग रहनमा सहयोग गरे । म्यानचेस्टरले सन् २०१३ पछि अवे खेलमा शानदार जित हासिल गरेको थियो । उसले अब अर्को खेल प्रिमियर लिगमा वोल्भ्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्