च्याम्पियन्स लिग : डेब्यु म्याचमा नै रोनाल्डोलाई रातो कार्ड



०४ असोज २०७५, काठमाडौं

च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्टस, रियल मड्रिड र म्यानचेष्टर युनाईटेड विजयी हुँदा म्यानचेष्टर सिटी भने लियोनसँग पराजित भएको छ ।

च्याम्पियन्स लिगमा युभेन्टसका लागि डेब्यु म्याचमा नै क्रिष्टियानो रोनाल्डो रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडिमा सीमित युभेन्टसले भ्यालेन्सियालाई २–० ले पराजित गर्‍यो । खेलको २९ औं मिनेटमा भ्यालेन्सियाका डिफेण्डर जेसन मुरिल्लोलाई फल गरेपछि रेफ्रि फेलिक्स ब्रिचले रातो कार्ड दिएका थिए । पछिल्लो ६० मिनेट १० खेलाडिमा सीमित युभेन्टसका लागि दुवै गोल मिरालेम जनिकले पेनाल्टी मार्फत गरेका थिए ।

अर्को खेलमा रियल मड्रिडले रोमालाई ३–० गोल अन्तरले पराजित गर्दा बायर्न म्युनिखले बेन्फिकालाई, म्यानचेष्टर युनाईटेडले योङ्ग ब्वाईजलाई र अजाक्सले एईके एथेन्सलाई समान ३–० ले पाखा लगाए ।

म्यानचेष्टर सिटी भने लियोनसँग २–१ गोल अन्तरमा पराजित भयो । पहिलो हाफमा नै दुइ गोल गरेको लियोन विरुद्ध म्यान सिटिका बर्नाडो सिल्भाले एक गोल गरेपनि जितका लागी पर्याप्त हुन सकेन । आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्