
०३ असोज २०७५, काठमाडौं
संविधान दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित सरसफाई अभियानमा सामुदायिक तथा निजी विद्यालयले सक्रिय सहभागिता जनाएका छन् ।


बूनपा क्षेत्रमा लोकप्रियता हासिल गरिरहेका सामुदायिक तर्फ बाल उद्धार मावि कपन र निजी तर्फ जोसेफ हाई स्कूलले नगरपालिकाद्वारा आव्हान गरिएको सरसफाई अभियानमा धेरै विद्यार्थी परिचालन गरी अभियानमा सक्रिय सहभागिता जनाएका छन् ।








