अनिल गुरुङ थ्रीस्टार क्लबमा अनुबन्धित



०३ असोज २०७५, काठमाडौं

मनाङ मर्स्याङदी क्लबमा आबद्ध भई देशका विभिन्न खेलहरु खेल्दै आएका फुटबल स्ट्राईकर अनिल गुरुङ थ्रीस्टार क्लबमा अनुबन्धित भएका छन् ।

अन्तराष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका उनले अझै फुटबल खेलमा आबद्ध हुने बताउँदै आएका थिए । क्लबका अनुसार गुरुङलाई यहि सिजनसम्मलाई क्लबमा अनुबन्धित गरिएको हो । उनले थ्रीस्टारको टिममा अभ्यास खेल पनि खेल्न सुरु गरिसकेका छन् । उनले पोखरा सहारा क्लबबाट आफ्नो फुटबल करियर सुरु गरि देशका थुप्रै क्लबहरुबाट खेलिसकेका छन् ।

उनले ब्रिगेट ब्वाईज, न्यूरोड टिम तथा पहिले नै पनि थ्रीस्टारमा खेलिसकेका छन् । यत्ति मात्र नभई उनले भारतको क्लब सिलोङ लाजोङमा समेत व्यवसायिक फुटबल खेल खेलका थिए ।

प्रतिक्रिया दिनुहोस्