
०३ असोज २०७५, काठमाडौं
हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ । तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर यी ७ रोग भएको व्यक्तिले अनारले खानु राम्रो हुदैन । स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ ।
१, तौल घटाउन चाहने व्यक्ति :
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ ।
२, प्रेसर लो हुने व्यक्ति :
अनारमा पाइने एंटीआक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन ।
३, मधुमेह रोगि :
अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।
४, कलेजोमा समस्या भएका व्यक्ति :
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन ।
५, कब्जियत :
अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउँछ । त्यसैले अनार खानु हुदैन ।
६, औषधि लिइरहेको व्यक्ति :
यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भा छ भने अनार खानु हुदैन । अनार खादा औषधिले काम गर्दैन ।
७, दम रोगी :
दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन ।





