
०३ असोज २०७५, काठमाडौं
संसारको जनसंख्या बृदि हुदै जाँदा परम्परागत इन्धनको खपत बढिरहेको छ र यो सकिने लक्षण पनि देखिँदैछ । संसारमा इन्धनको अभाव आउनुअघि नै वैज्ञानिकहरू यसको विकल्प खोज्न थालेका छन् ।
बीयरलाई पेट्रोलका ठाउँमा प्रयोग गर्ने तरिका पनि वैज्ञानिकहरूले खोजेका छन् । पेट्रोलको सबभन्दा राम्रो विकल्प बायोइथेनोल हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् । बायोइथेनोल तयार पार्न बीयर सबभन्दा उपयोगी कुरा हो ।
बेलायतको ब्रिस्टोल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले रक्सीमा पाइने इथेनोल रसायनलाई प्रशोधन गरेर ब्युटेनलमा परिणत गरेमा त्यसलाई इन्धनका रूपमा सजिलै प्रयोग गर्न सकिन्छ ।
अनुसन्धानकर्ता डंकन वासका अनुसार, रक्सीमा पाइने अल्कोहललाई ब्युटेनोल बनाएर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ ।





