
०२ असोज २०७५, इटहरी
नेपालमा गएको महाभुकम्प गएपश्चात एक्कासी तात्तिएको राजनैतिक क्रियाकलावको परिणाम स्वरुप नेपालमा संबिधान जारी भयो । दशक भन्दा लामो युद्ध र आन्दोलनले संबिधान निर्माण भयो । हुन त नेपाल सरकारले संबिधान निर्माण गरेर २ बर्ष संबिधान दिवस मनाई सकेको छ । तर संबिधान दिवस मनाउने पहिलो सौभाग्य अर्को सरकारलाई समेत छ । त्यो हो प्रदेश सरकार । यसैबिच प्रदेश १ सरकारले ‘संविधान दिवस–२०७५’ लाई तीन दिन सम्म मनाउने भएको छ । दिवसलाई भब्य वनाउन मुख्य मन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले पाँच सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
आन्तरिक मामला तथा कानुन मन्त्रालयले सोमबार विराटनगरमा कार्यक्रमको आयोजना गरेर मंगलबारदेखि बिहिबार सम्म विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने तयारी गरिएको जानकारी दिईएको छ । विधान दिवस मनाउने सन्दर्भमा प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले प्रदेश स्तरको कार्यक्रम प्रदेशको अस्थायी राजधानी विराटनगरमा हुने र प्रदेश १ का १४ जिल्लाका १ सय ३७ वटै स्थानीय तहले प्रदेश सरकारको योजना अनुसार संविधान दिवस मनाउने छन् । प्रदेश स्तरको कार्यक्रमको लागि जातीय झाँकी, मञ्च व्यवस्थापन, झाँकीलाई कलात्मक बनाउने, दिपावली गर्ने विषयमा महानगरपालिकासँग सहकार्य भइरहेको प्रमुख सचिव न्यौपानेले बताए ।
इटहरीमा सय विद्यालय सय चोक सरसफाई
इटहरीमा सय विद्यालय सय चौक सरसफाई लगायतका कार्यक्रम गरेर तीन दिन सम्म संविधान दिवस मनाइने भएको छ । मंगलवार इटहरी उपमहानगरको संयोजनमा कम्तिमा सय विद्यालय सय चौक सफाई गरिने भएको हो । भोली विहान इटहरीका सवै सरकारी कार्यालय संघ सस्थालाई आ आफनो कार्यालय वरपर सफाई गर्न उपमहानगरले निर्देशन दिएको छ । भोली नै इटहरीका तीन स्थानमा राम्रो संविधानका रुपमा हाम्रो संविधान बिषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।





