च्याम्पियन्स लिग : मेस्सीको ह्याट्रिक बार्सिलोनाको जित सुरुवात



०३ असोज २०७५, काठमाडौं

च्याम्पियन्स लिग फुटबलमा मेस्सीको सानदार ह्याट्रिकसँगैं बार्सिलोनाको तिज सुरुवात भएको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा डच क्लब पीएसभीलाई ४–० ले पराजित गरेको हो ।

मेसीले करियरको ४८ औ ह्याट्रिक पुरा गर्ने क्रममा समुह चरणको पहिलो लिगमा पहिलो हाफमा १ तथा दोेस्रो हाफमा २ गोल थप गरि ह्याट्रिक गरेका हुन् । ३१ औ मिनेटमा आकर्षक फ्रिकिकमार्फत कप्तान मेसीले बार्सिलोनालाई सुरुवती अग्रता दिलाएका थिए ।

विश्वकपको खराब प्रर्दशनसंगै मेस्सी निराश देखिएका मेस्सीले यस सिजन मात्र पछिल्ला ६ खेलमा ७ गोल गरेका छन् । समुह बी अन्तर्गतको खेलमा बार्साले ३ अंक जोड्न सफल भएको छ । सोही समुहको अर्को खेलमा इन्टर मिलानले टोटेनहमलाई २–१ ले हराएको छ।

प्रतिक्रिया दिनुहोस्