अन्तिम खेलमा अफगानिस्तानद्वारा नेपाल पराजित



०२ असोज २०७५, काठमाडौं

तेस्रो स्थानका लागि आज भएको खेलमा अफगानिस्तानद्वारा नेपाल ७१ रनले पराजित भएको छ । २४५ रनको लक्ष्य पछ्याएको नेपाल ४५ ओभरमा अल आउट हुँदै १७३ रन मात्र बनाउन सफल भयो ।

नेपालका लागि लोकेश बम २५, पवन शराफ २३, आशिफ सेख २५, अरुण ऐरि २४ रित गौतम १४, सन्दीप जोरा १८ तथा भिम सार्कीले १६ रन बनाउँदै आउट भए । त्यस्तै साहव आलम १२ र कमलसिंहले ११ बनाए । अफगानिस्तानका रेजज हसनले ४ तथा रिजवानुल्ला मुरादले २ विकेट लिए । टस जिती पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमै ८ विकेटको क्षतिमा २४४ रनको लक्ष्य पछ्याएको थियो । जसका लागि ओपनर रेयाज हसनले शतक प्रहार गरेका थिए ।

भारतीय क्रिकेटको निमन्त्रणामा एकदिवसिय खेल खेल्नका लागि भारत पुगेको नेपाली यु–१९ टोली पहिलो खेलमा भारतीय बी टिमसँग ४० रनले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भारतीय टिमसँग ८ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा अफगानिस्तानलाई २५ रनले पराजित गर्दै जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्