असुरक्षित यौनसम्पर्क तथा यसका असरहरु, जानी राखौं



०२ असोज २०७५, काठमाडौं

मानिस शारिरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहनुमा यौनको पनि एक अहम् भुमिका रहेका हुन्छ । यसबाट मानिस विभिन्न रोगहरुको चपेटाबाट पनि बच्न सक्छ । हुन त मान्छेहरुले विभिन्न तौर–तरिकाबाट आफ्नो यौन चाहानालाई पुरा गरिरहेको हुन्छन् नै चाहे बिवाहित हुन् या अविबाहित । केहि यौनसँग सम्बन्धित अध्ययन अनुसार मानिसमा हप्तामा दुई–तीन पटकसम्म यौनसम्पर्क हुन अति आवश्यक छ । यसले मानिसलाई विभिन्न मानसिक रोगहरुबाट मुक्त गराउँछ । तर, यौन सम्पर्क गर्न राम्रो हो भन्दैमा जहाँ पायो त्यहिँ, जो सँग पायो त्यहीँसँग गर्ने बानीले भने स्वास्थ्यलाई गम्भिर असर पार्न सक्छ । असुरक्षित यौन सम्पर्कले विषेशतः यौनाङ्गमा असर पार्ने हुन्छ । हेरौँ न यसको नकारात्मक असर, आज हामीले यहाँ असुरक्षित यौन सम्पर्कको असरबारे केहि कामलाग्दा जानकारी प्रस्तुत गरेका छौँ ।

के के हुन् त यौनाङ्गको संक्रमण हुँदाको लक्षण?

–पिसाब फेर्न गाह्रो हुने ।

–पिसाब फेर्ने क्रममा हुने ।

–पोल्ने समस्या हुने ।

–यौनाङ्गमा घाउँ (खटिरा देखापर्न सक्ने ।

मुत्राशयमा हुने संक्रमणलाई बोलीचालीको भाषामा मूत्रनली वा मूत्रमार्गमा हुने संक्रमण भन्ने गरिन्छ । मुूत्राशयमा ब्याक्टेरियाको संक्रमण धेरै भएमा मूत्राशयको संक्रमण हुने गर्छ । यस्ता सक्रमण गर्ने व्याक्टेरिया जांग वरिपरि रहने गर्छ । यौन सम्पर्क गर्दा यो व्याक्टेरिया शरीरमा प्रवेश गर्दछ । अक्सर यस्तो गडबडी असुरक्षित यौन सम्बन्धका कारण पनि हुनसक्छ । यस्ता संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । संक्रमणबाट बच्चा समेत ग्रसित हुने गर्दछन् । आखिर, मूत्राशयको संक्रमण किन र कसरी हुन्छ, र, यसको लक्षण तथा उपचार विधि के हो त ? यसबारको जानकारी यहाँ प्रस्तुत छ ।

यस्ता छन् मुत्राशय तथा मूत्रनलीमा हुनसक्ने संक्रमणको कारणहरुः–

शरीरको विशिष्ट द्रव्यलाई एकत्रित गरेर त्यसलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्नु नै मूत्राशयको मुख्य काम हो । जब एक निश्चित समय पश्चात्त मूत्रासयमा पिसाब एकत्रित हुन थाल्छ, तब व्यक्तिलाई पिसाब फेर्ने तिब्र चाहना हुन्छ । तर कहिलेकाही पिसाबलाई लामो समय रोकेर राख्दा मुत्राशयमा व्याक्टेरियाको संख्या बढेर मुत्राशय तथा मूत्रनलीको संक्रमण हुने गर्छ ।
ओछ्यानमा पिसाब फेर्ने बानीका कारण बालबालिकाहरुमा पनि यसको संक्रमण उच्च हुने गर्छ । यो संक्रमण भएमा पिसाब राम्ररी हुन नसकी मूत्राशय तथा मूत्रनलीमा यसको संक्रमण फैलिने गर्छ ।
यस्ता संक्रमण फैलाउने इशरीकिया कोली नामको व्याक्टेरिया जाँघ वरिपरि बस्ने गर्छ । जब व्यक्तिले यौन सम्बन्ध राख्ने गर्छन्, तब उक्त व्याक्टेरिया मूत्राशयमा प्रवेश गरी ९० प्रतिशत संक्रमण फैलाउने गर्छ । यो संक्रमण मिर्गौलासम्म फैलिएमा मिर्गौलाको संक्रमण हुने गर्छ ।

मुत्राशय र मुत्रनलीमा हुनसक्ने संक्रमणका लक्षणहरु के के हुन् त? 

–ज्वरोका साथै पसिना आउनु वा जाडो महसुस हुनु
–पिसाब कम मात्रामा हुनु
–पिसाब अनियन्त्रित हुनु
–पिसाब गर्दा दुख्नु वा पोल्नु
–शरीरमा ऐठन महसुस हुनु
–पिसाब गन्हाउनु
–पिसाबमा रगत देखिनु वा गहिरो रङ्गको पिसाब हुनु
–यौन सम्बन्ध राख्दा दुख्नु
–मेरुदण्डको दायाँबाया दुख्नु

मुत्राशय तथा मूत्रमार्गमा संक्रमण भएमा शरीर थकित हुने गर्छ । साथै, यसले मिर्गौलामा पनि सबैभन्दा धेरै असर पर्नुका साथै कम्मरमा तिव्र दुखाई हुनुका साथै उच्च ज्वरो आउने सम्भावना उच्च हुने गर्छ । यदी वर्षदिन भित्रमा तीन पटक भन्दा बढी पटक यो समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

यदी कसैलाई यस्ता संक्रमण भएको शंका लागेमा चिकित्सकको परामर्शमा निश्चित परीक्षणहरु गरेर यो समस्या भए, नभएको थाहा पाउन सकिन्छ । र, मुत्राशय तथा मुत्रनलीको संक्रमण भएको पुष्टी भएमा एन्टीबायोटिक्सको साथमा प्रशस्त मात्रामा झोलिलो पदार्थ तथा पानीको सेवन गर्नु पर्दछ । यसले शरीरमा संक्रमण गराउने व्याक्टेरियालाई बाहिर फाल्न मद्दत गर्छ ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नु नदिनु नै बुद्धिमानी हो । त्यसैले असुरक्षित यौनसम्पर्क गरौं, सुरक्षित रहौं ।

प्रतिक्रिया दिनुहोस्