एसियन पारा खेलकुदमा ४१ देशको सहभागिता रहने निश्चित



०२ असोज २०७५, काठमाडौं

जाकार्ता, इन्डोनेसियामा हुने एसियन पारा खेलकुद प्रतियोगितामा ४१ वटा देशहरुले सहभागिता जनाउने भएका छन् । खेल आगामी ६ तारिखदेखि १३ तारिखसम्म हुने तय भईसकेको छ ।

सो खेलमा ४१ देशबाट २८ सय ८० खेलाडिहरुको सहभागिता रहने मुल आयोजक समितिले जनाएको छ । उद्घाटन समारोहमा इन्डोनेसियाका मानवीय पक्षका संस्कृतिहरुलाई मुख्य बनाएर विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिने भएको छ । कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्न इन्डोनेसियाका जनताले आफुहरुलाई धेरै सहयोग गरेको मुल समितिले बताएको छ ।

साथै सो खेलले ईन्डोनेसियाको ईतिहासमा नयाँ आयाम थप्ने विश्वास पनि मुल आयोजक समितिले लिएको छ । उसले खेललाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्ने पनि बाचा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्