
०१ असोज २०७५, काठमाडौं
नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधान दिवसको अवसर पारेर असोज ३ गते जगडोल प्रवेशद्वार समुदघाटन तथा झण्डा पार्कमा दीप प्रज्वलन गर्दैछन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीका अनुसार यज्ञडोल (जगडोल) सामुदायिक वन, जगडोलमा निर्माणाधिन राष्ट्रिय शहिद पार्क तथा शान्ति स्मारक क्षेत्रको जगडोल–गोकर्ण सडक खण्डमा बूढानीलकण्ठ नगरपालिका तथा स्थानीय समुदायको संयुक्त लगानीबाट निर्मित कलात्मक प्रवेशद्वार “जगडोल प्रवेशद्वार” को समुद्घाटन तथा जगडोल झण्डा पार्कमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
संविधान दिवसको अवसरमा हुने उक्त कार्यक्रममा उपस्थित हुन वडा कार्यालयले सम्पूर्ण नगरवासीमा अनुरोध समेत गरेको छ ।
बूनपा ११ द्वारा जारी निमन्त्रणा






