
०१ असोज २०७५, इटहरी
२०७२ साल असोज ३ गते नेपालमा नयाँ संबिधान जारी भयो । त्यस लगत्तै देश संघियतामा गयो । मुलकमा गाँउ गाँउमा सिहंदरवारका नारा लागे । केन्द्र सरकारले आफ्नो मातहतमा राखेका अधिकार स्थानीय सरकारलाई दियो । हाल स्थानीय सरकारलाई संबिधानमा तोकेर नै धेरै अधिकार दिईएको छ । स्थानीय सरकारले पाएको एक अधिकार हो आफ्नो स्थानीय तहमा रहेका बिद्यालयको पाठ्यक्रम बनाउन पाउने । अर्थात नगरपालिका वा गाँउपालिकाले आजभोली शिक्षा ऐन वनाएर आफ्ना मातहतका बिद्यालयको पाठ्यक्रम निर्धारण गर्न पाउँछन् ।
यसको सुरुवात भक्तपुर नगरपालिकाले सुरु गरेको थियो नगरपालिकाले भक्तपुरलाई चिनाउन योगदान दिएका ब्यक्तीको जीवनी पठ्यक्रममा राख्ने निर्णय गरेको थियो । यता पुर्वको उदाउँदो शहर इटहरी सरकारले समेत कक्षा १ देखि ८ सम्म छुट्टै स्थानीय पाठयक्रम वनाएर इटहरी चिनाउने पाठयपुस्तक तयार गर्ने भएको छ । गएको बर्ष कक्षा ८ को वार्षिक परीक्षालाई माध्यमिक शिक्षा परीक्षाको मोडलमा गरेको नगरपालिकाले पठ्यक्रम परिर्वतनका लागि समिती गठन गरी काम थालेको छ ।
इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार आगामी शैक्षिक शत्र देखि इटहरीका विद्यालयहरुको कक्षा १ देखि ८ सम्मको एउटा पुस्तक स्थानीयमा विषयवस्तुमा आधारित हुनेछ । नेपाली र अंग्रेजी दुवै माध्यममा पुस्तक तयार पारिनेछ । पुस्तकमा राष्ट्रिय पाठयक्रमले समेटन नसकेका स्थानीय विषयवस्तुहरु समेटिने कोइरालाले जानकारी दिए ।
पाठयपुस्तकमा स्थानीय भूगोल, जातजाती, आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक लगायतका बिषयवस्तु समेटिने छन ।





