
०१ असोज २०७५, इटहरी
इटहरीमा सक्रय रहेका संस्था मध्ये एक संस्था हो, रोट्रयाक्ट क्लव अफ इटहरी । बिभिन्न बिपतका समयमा बिभिन्न सहयोगी क्रियाकलाप संचालन गर्ने गरेको क्लवले आफ्नो नियमित कार्य अन्तरगत प्राथमिक स्वास्थ्य उपचार सम्वन्धी कार्यशाला सम्पन्न गरेको छ । बिगतका बर्षमा झै बिश्व प्राथमिक उपचार दिवसका अवसरमा सप्ताहव्यापी रुपमा संचालन गरिएको कार्यशाला इटहरी स्थित युवा विकास केन्द्र इटहरीको सभाहलमा सम्पन्न भएको हो ।
आफ्नो वार्षिक कार्यक्रममा समावेश गरिएको उक्त कार्यशालामा स्थानीय विद्यालयका ४७ भन्दा धेरै बिद्यार्थी तथा शिक्षकलाई प्राथमिक स्वास्थ्य उपचारको बारेमा सचेत गराईएको थियो । नेपाल रेडक्रस सोसाईटी सुनसरीसँगको सहकार्यमा गरिएको कार्यशालालाई उमेश सुबेदी र यमुना गुरागाँई (योसा) ले सहजीकरण गरेको कार्यक्रम संयोजक अनिस भट्टराईले बताए ।
नेपाल भरीका विभिन्न २० वटा रोट्रयाक्ट क्लवको संयुक्त ब्यानरमा आयोजना गरिएको कार्यशालाको अगुवाई यस बर्षपनि रोट्रयाक्ट क्लव अफ इटहरीले गरेको थियो । सेप्टेम्वर ७ देखी १६ सम्म बिभिन्न स्थानमा संयुक्त ब्यानरमा कार्यशाला सम्पन्न भएको रोट्रयाक्ट क्लव अफ इटहरीकी बिजया प्याकुरेलले बताईन् । इटहरीमा भएको कार्यक्रमको प्रमुख अथिती रोटरी क्लव अफ इटहरीका अध्यक्ष सन्दिप गौतम रहेका थिए । वार्षिक रुपमा गरिने कार्यक्रम आगामी वर्ष समेत गरिने रोट्रयाक्ट क्लव अफ इटहरीका अध्यक्ष सन्तोष धमलाले जानकारी दिएका छन् ।





