शहिद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ आजदेखि सुरु



०१ असोज २०७५, काठमाडौं

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पुर्याइने  जनाईएको छ । टुरअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका विद्यालयमा कार्यक्रम आयोजना गरिने एन्फाद्वारा गठित लिग समितिका संयोजक विज्ञानराज शर्माका शर्माले जानकारी दिए ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शुरु भएको ‘ट्रफी टुर’ सात स्थानमा पुर्याइने जानकारीमा उल्लेख छ । पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’को मुख्य उद्देश्य यही १३ असोजदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको संयोजक शर्माले बताएका छन् ।

शहीद स्मारकको उपाधि हालसम्म मनाङ् मस्र्याङ्दी क्लबले सबैभन्दा बढी पटक जितेको छ । उसले वि.स. २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० गरि सात पटक उपाधि जितेको हो । यस्तै रानीपोखरी कर्नर टिम ‘आरसीटी’ले वि.स. २०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१ गरि ६ पटक, नेपाल पुलिस क्लबले वि.स. २०१२, २०१३, २०६३, २०६६ र २०६८० गरि पाँच पटक, थ्री स्टार क्लबले वि.स. २०५४, २०५५, २०६१, २०६९ र २०७१ गरि पाँच पटक, महावीर क्लबले वि.स. ९२०११, २०२३ र २०२६० तीन, सङ्कटा क्लबले वि.स. ९२०३७, २०४० र २०४२० तीन पटक, अन्नपूर्ण फुटबल क्लबले वि.स. २०३४ र २०३९ गरि दुई, देउराली क्लबले वि.स. २०२५ र २०२७ गरि दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले एक–एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्