मनाङ मर्स्याङ्दीका प्रशिक्षकमा नाईजेरियाका फुजा तापे अनुबन्धित



०१ असोज २०७५, काठमाडौं

मनाङ मर्स्याङ्दी क्लबले नाईजेरियन प्रशिक्षक फुजा तापेलाइ भित्राएको छ । १३ असोजबाट सुरु हुने शहिद स्मारक ए डिभजन लिगलाई लक्षित गर्दै क्लबले नाईजेरियन प्रशिक्षक भित्राएको हो ।

आगामी १३ असोजबाट सुरु हुने लिगमा उनकै नेतृत्वमा सहभागिता जनाउने मनाङका महासचिव मुखिया लामाले जानकारी दिएका छन् । सन् २००१ मा आफ्नो करियर सुरु गरेका तापेले यसअघि पनि सन् २००५ मा काठमाडौंको सरस्वती युथ क्लबलाई प्रशिक्षण दिएका थिए । त्यसपछि उनले मछिन्द्र क्लबमा आबद्ध भई ७ महिना काम गरेका थिए । उनले नेपालमा मात्र नभएर भारतका विभिन्न क्लबहरुलाई पनि यसअघि नै प्रशिक्षण दिईसकेका छन् ।

उनी घुम्नलाई नेपाल आएका बेलामा क्लबले प्रशिक्षकका रुपमा अनुबन्धन गर्न सफल भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्