नाईट राईडर्सको पोल्टामा तेस्रो पटक सिपीएलको उपाधि



०१ असोज २०७५, काठमाडौं

नाईट राईडर्सले क्यारेबियन प्रिमियर लिग (सिपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

सोमबार बिहान भएको फाइनलमा ग्युएना एमाजन वारियर्सलाई ८ विकेटले हराएर नाईट राईडर्सले उपाधि जितेको हो । नाईट राईडर्सले तेस्रो पटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा वारियर्सले दिएको १४८ रनको लक्ष्य नाईट राईडर्सले १७ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

नाईट राईडर्सको जितमा कोलिन मुन्रोले अविजित ६८ रनको अर्धशतकीय इनिङस खेल्दा ब्रेनडन र म्याकुलम३९ तथा दिनेश रामदीनले २४ रन जोडेका हुन् । यससँगैं नाईट राईडर्सले तेस्रो पटक सिपीएलको उपाधी जित्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्