केसी र गुरुङलाई एसियन रेफ्रीको अनुमति



०१ असोज २०७५, काठमाडौं

नेपालका भलिबल राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तराष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।

एशियन अन्तराष्ट्रिय रेफ्रीको परिक्षा दिई उतिर्ण भए सँगै उनीहरुले अन्तराष्ट्रिय स्तरको खेल खेलाउन पाउने भएका हुन् । अब उनीहरुले एसियाली महदेशमा हुने जुनसुकै भलिबल खेल खेलाउन पाउने नेपाल भलिबल संघले जनाएको छ ।

थाईल्याण्डमा सञ्चालन भएको एसियाली स्तरको रेफ्री कोर्ष पुरा गरेपछि उनीहरुले खेल खेलाउन पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्