एसिया कप क्रिकेट : बंगलादेशद्वारा श्रीलंका १३७ रनले पराजित



३१ भदौ २०७५, काठमाडौं

बंगलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत ४४ रनको मद्दतले शनिबार दुबईमा भएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलंका १३७ रनले पराजित भएको छ ।

पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौका प्रहार गरेका थिए । पहिले ब्याटिङ गरी बंगलादेशले कूल २६१ रन बनाएको थियो । एसिया कप पाँच पटक जितिसकेको श्रीलंकाले १७ ओभरमै ६० रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच खेलाडी गुमाइसकेको थियो । कूल १२४ रन मात्र बनाएको श्रीलंकाको इनिङ ३५.२ ओभरमा समाप्त भएको थियो ।

बंगलादेशका तर्फबाट मुस्तफीजुर रहमान, मेहिदी हसन र कप्तान मर्साफी मोर्ताजाले समान दुईदुई विकेट लिएका थिए । श्रीलंकाका तर्फबाट लसिथ मालिङ्गाले २३ रन दिएर चार विकेट लिएका थिए । समूह ख मा श्रीलंका , बंगलादेश सहित अफगानिस्तान पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्