
३१ भदौ २०७५, काठमाडौं
नेपाली चलचत्रि जगतमा एक समयकी चर्चित एवम सुन्दर नायिका गरिमा पन्तको चर्चा आजभोली निकै कम हुने गरेको पाइन्छ । केही वर्ष अघि बेल्जियममा व्यवसाय गर्ने हरी थपलियासँगको विवाह गरे पश्चात उनी कलिउडदेखी टाढा रहेकी छिन् ।
फिल्मी क्षेत्रबाट टाढा रहे पनि ग्ल्यामरबाट भने गरिमा टाढा हुन सकेकी छैनन् । अझ दिनप्रतिदिन उनमा फेसन र ग्ल्यामरको विकास भएको उनका तस्बिरबाट देख्न सकिन्छ । बोल्ड, ब्युटिफुल, हट र सेक्सी अन्दाजमा आजभोली यि नायिका युरोपका विभिन्न ठाउँ घुमेको तस्बिरहरु सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । यसैक्रममा र्पोचुगलको फंचल , मेडिराबाट बिकीनी अवतारमा गरिमाले मंगलबार केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
श्रीमानसँग घुम्न मेडिरा पुगेकी यि डिम्पलवाली नायिका बिकीनीमा सजिएर स्विमिंग पुलमा पानीको मजा लिदैँ केही तस्बिर उनको टाइमलाइन र स्टोरीमा सेयर गरेकी छिन् ।
विशेष गरी सिम्पल र इमोसनल रोलमा चलचित्रमा देखिने गरिमाको यो हट अन्दाजले के उनी फेरी कलिउडमा कमब्याक गर्ने संकेत दिन्छ या दिदैँन ? त्यो गरिमालाई नै थाहा होला ।






