पवनको अर्धशतकमा नेपालद्वारा अफगानिस्तानलाई १९० रनको लक्ष्य प्रस्तुत



३१ भदौ २०७५, काठमाडौं

भारतमा जारी चौकोणीय यू–१९ एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई जितका लागि १९० रनको लक्ष्य दिएको छ ।

लखनउमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै १८९ रन बनाउन सफल भएको हो । नेपालको लागि पवन शार्रफले अर्धशतकीय इनिङस खेलेर ९६ बलमा १० चौका र १ छक्कासहित अविजित ७८ रन जोडे । यस्तै सन्दीप जोराले २८ रन जोड्दा रसिद खान र लोकेश बम क्रमस २४ र १६ रन बनाए । अफगानिस्तानका लागि नविद मोहमद कविरले सर्बाधिक ३ विकेट लिए ।

अघिल्ला दुई खेलमा लगातार हार बेहोरेका दुबै टिमहरु नेपाल र अफगानिस्तान जितको खोजीमा रहिरहेका छन् । सिरिजको फाइनलमा पुग्न असफल दुवैको लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहने छ । यस खेलमा विजयी हुने टोलीले एक जितसहित घर फर्कन पाउने छ ।

प्रतिक्रिया दिनुहोस्