
३१ भदौ २०७५, काठमाडौं
अमेरिका भ्रमणमा रहेका तत्कालीन माओवादी नेता तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई डिसी मेट्रो एरियाबाट टेक्सास जाने क्रममा बिरोध स्वरुप कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी सहित मर्डरर गो ब्याक भन्दै प्रर्दशन गरेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईलाई “मर्डरर गो ब्याक” भन्दै बिरोध गरेको भिडियो
पत्नी हिसिला यमी सहित गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका डा. भट्टराईलाई ‘हत्यारा’ भन्दै प्रदर्शनकारीले फर्किन माग गरेका थिए ।
अमेरिकामा रहेका तत्कालीन माओवादी जनयुद्धका पीडितहरुले ‘नेपालका छोराछोरीलाई मार्ने, मडरर गो ब्याक’ भन्दै उनको विरोध गरेका हुन् ।





