विश्वभर खोल्न सकिने माछापुच्छ्रे बैंक खाता



३१ भदौ २०७५, काठमाडौं

माछापुच्छ्रे बैंक लिमिटेडको खाता विश्वका सबै ठाउँबाट खोल्न सकिने भएको छ ।

बैंक खाता खोल्न बैंकमै जानुपर्ने बाध्यता बाट ग्राहकहरुलाई छुटकारा दिने उद्देश्यले अनलाईन खाता मार्फत विश्वको जुनसुकै कुनाबाट खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको हो ।

बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्न ग्राहकहरुले अनलाईन मार्फत फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट/आइ-प्याड लगायतका साधनहरुको प्रयोग गरी विश्वभर खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।

माछापुच्छ्रे बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरि ७ प्रतिशत पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५ प्रतिशत देखि अधिकतम ७.५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्