
३१ भदौ २०७५, इटहरी
नेपालीहरुले धुमधामका साथमा मनाउने चाड पर्वको लर्को अव बढ्दै गएको छ । तीज सकिएसँगै जितीया पर्व, दशै तिहर छठ लगायतका पर्वको समेत किनमेल थालिएको छ । यसैका लागि बजारमा चहलपहल सुरु भई सकेको छ । जे कुरामा नि छिटो र दु्रत हुने शहरमा त झन् चाडबाडको रौनक अलिक चडै बाट लाग्ने गरेको छ । पुर्वको व्यवसायीक हब इटहरीमा पछिल्लो समय शान्ति, सुरक्षाको चुनौति बढ्दै गएको भन्दै इटहरी उद्योग वाणिज्य संघ इटहरीले पटक–पटक सुरक्षाको बिषयमा इलाका प्रहरी कार्यालयसँग सुरक्षाको माग गर्दै आएको छ । यसैबिच चाडपपर्बमा हुन सक्ने सुरक्षा चुनौतिलाई ध्यान दिदै शान्ति, सुरक्षा बिषयक शान्ति, सुरक्षाको चुनौति बढ्दै गएको भन्दै उद्योग बाणिज्य संघ इटहरी र इलाका प्रहरी कार्यालय इटहरीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
चाडवाड नजिकिदै जादाँ व्यवसायीक क्षेत्रमा चोरी, डकैती हुन सक्ने भन्दै उद्योग वाणिज्य संघले कार्यक्रम आयोजना गरेको हो । बिभिन्न समयमा चोरी, ठगी जस्ता घटना हुने गरेकोमा प्रहरीले चाहँदा मात्र अनुसन्धान गर्ने गरेको व्यवसायीहरुको हितमा काम गर्न नसकेका लगायतका समस्याहरु व्यवसायीहरुले बताएका छन् ।
इटहरी आसपासका क्षेत्रमा सडक बालबालीकाहरुको संख्या बढ्दै गएकोमा व्यवसायीहरु चिन्तित बनेका छन् भने यसलाई बेलैमा सबै मिलेर नियन्त्रण्न गर्न नसकेको खण्डमा ठुलो घटना हुन सक्ने सुरक्षा चुनौति बढ्दै गएकोमा प्रहरी प्रशासनको ध्यानकर्षण भएको इलाका प्रहरी प्रमुख शिव श्रेष्ठले बताए ।
नजिकिदै गरेको चाडबाड लगायत अन्य कुरालाई ध्यानमा राखेर प्रहरीले शान्ति सुरक्षा बढाउने बताएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत, संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, कमला खड्का, दिवस पोख्रेल, गायत्री भण्डारी, कमल पौडेल लगायतका व्यवसायीहरुले व्यवसायीक सुरक्षाको बिषयमा बोलेका थिए ।





