चार विदेशी खेलाडिको सिटमा एक एसियन अनिवार्य



३१ भदौ २०७५, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ए डिभिजन लिगमा एक एसियन खेलाडिको अनिवार्य गरेको छ ।

पहिले सहभागी क्लबहरुले जुनै देशका चार विदेशी खेलाडिलाई सहभागी गराउन पाउँथे, भने अब एक एसियन खेलाडि राख्नैपर्ने अनिवार्य जस्तै बनेको छ ।

यसअघि सहभागी क्लबहरुले चार विदेशी खेलाडिलाई समावेश गराई कुनै पनि तीन खेलाडिलाई मैदानमा उतार्न पाउँथे, अबको नियममा भने एक एसियन खेलाडि अनिवार्य सहभागी गराउनुपर्ने भएको छ । अबको नयाँ नियममा क्लबहरुले एक एसियन खेलाडिसहित अन्य तीनजनामध्येमा कुनै पनि तीन खेलाडिलाई मैदानमा उतार्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्