बार्सिलोनाको संघर्षपूर्ण जित, रियल रोकियो बराबरीमा



३१ भदौ २०७५, काठमाडौं

स्पेनिस लालिगा फुटबलमा साबिक च्याम्पियन बार्सिलोनाले संघर्षपुर्ण जित निकाल्दा अर्को उपाधि दाबेदार रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

बार्सिलोनाले स्पेनिस लालिगामालगातार र्चौथो खेलमा चौंथो जित निकाल्दै शिर्ष स्थानमा कायम छ। समान खेलबाट एक बराबरी खेलेको रियल म्याड्रिड १० अंकका साथ दोस्रो स्थानमा रहेको छ। शनिबार भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग १–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित गर्दै निकाल्यो ।

बार्सिलोनाको जितमा लुइस स्वारेज र ओसुमाने डेम्बेलेले समान एक–एक गोल गरेका छन् । खेलको १२ औं मिनेटमा एलिसटोन्डोको गोलबाट सोसिडाडले सुरुवाति अग्रता बनाएको थियो । खेलको ६३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । त्यसको ३ मिनेट नबित्दै ६६ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई निर्णायक अग्रता दिलाएका थिए । जितसंगै बार्सिलोनाले ४ खेलबाट १२ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्