क्रिकेटर करण केसी नगद १ लाखसहित सम्मानित



३० भदौ २०७५,काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसी नगदसहित सम्मानित भएका छन् । उनलाई शनिबार नेपाली क्रिकेट समर्थक समाजले सम्मान गरेको हो ।

समाजले करणलाई स्वर्गीय प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मानसहित नगद १ लाख पुरस्कारबाट सम्मानित गरेको हो । नामिबियामा सम्पन्न डिभिजन–२ मा क्यानाडाविरुद्ध सनसनी प्रदर्शन गरेर नेपाललाई महत्वपूर्ण जित दिलाएकाले उनलाई सम्मानित गरिएको हो । समाजले आफ्ना पुर्व–कोषाध्यक्ष स्वर्गीय प्रमोद बज्राचार्यको सम्झनामा यो पुरस्कारको स्थापना गरेको हो । स्वर्गीय बज्राचार्यको ब्रेन ह्याम्रेजको कारण निधन भएको थियो ।

करणलाई समाजका अध्यक्ष भानु सिग्देल, स्वर्गीय बज्राचार्यको परिवारका सदस्य लगायतले गद १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्