नेकपा अध्यक्ष दाहाल चीन भ्रमणमा प्रस्थान, पार्टी टु पार्टी रिलेसन मुख्य उद्देश्य



३० भदौ २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चीन प्रस्थान गरेका छन् । पूर्व–प्रधानमन्त्री समेत रहेका दाहाल भारत भ्रमणबाट फर्कैको एक साता नबित्दै आज (शनिबार) चीन प्रस्थान गरेका हुन् ।

चीन प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले चिनीयाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा आफू चीन जान लागेकाले आफ्नो भ्रमणको उद्देश्य पार्टी टु पार्टी रिलेसन भएकोे पनि बताएका छन् । साथै दुई देशबीच भएका समझदारी कायम गर्ने वातावरण बनाउनु  पनि भ्रमणको उद्देश्य रहेको बताएका छन् ।

यस्तै अध्यक्ष दाहालले पार्टी एकताको काम समापनको दिशामा रहेको भन्दै दशैंअघिनै एकता टुंगिइसक्ने दावी समेत गरेका छन् । अध्यक्ष दाहालको भ्रमण टोलीमा पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सक रहेका छन् । अध्यक्ष दाहाल ३ असोजमा स्वदेश फर्कने कार्यक्रम रहेको छ

प्रतिक्रिया दिनुहोस्