मुस्कुराउँदै छोरीसहित काठमाडौँमा आइपुगे गोविन्दा



२० भदौ २०७५, काठमाडौँ

भारतीय अभिनेता गोविन्दा नेपाल आएका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन अभिनेता गोविन्दा छोरी टिना आहुजासहित शनिबार मध्याहन्न काठमाडौँ आइपुगेका हुन् ।

स–परिवार आउने भनिए पनि गोविन्दाकी श्रीमती स्वास्थ्यमा केही समस्या देखिएका कारण आउन सकिनन् । विमानस्थलमा गोविन्दाले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आफ्नो ससुराली घर पनि रहेकाले रमाइलो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्