खेलाडि दर्ताको समय थप, ५ असोजसम्म गर्न सकिने



३० भदौ २०७५, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडि दर्ताको समय थप गरेको छ । पहिलो पटक अनलाईन सिस्टमबाट दर्ता गर्न थालिएको खेलाडि दर्ता आगामी ५ असोज सम्म गर्न सकिने एन्फाले जनाएको छ ।

३० भदौसम्म मात्र दर्ता गर्न पाईनेमा एन्फाले ६ दिन समय थप गर्दै ५ असोजसम्म गर्न पाईने बनाएको हो । करीब ४ वर्षपछि हुन लागेको लिग फुटबलका लागि एन्फाले शुक्रबार सम्ममा करीब १८ जना खेलाडिको नाम दर्ता गरिसकेको छ । दर्तामा अधिकांशले विदेशी खेलाडि समावेश गरि दर्ता गरेका जनाईएको छ ।

एन्फा दर्ता भएका खेलाडिको नाम प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारीमा जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्