एसिया कप क्रिकेट आजबाट युएईमा सुरु हुदैँ



३० भदौ २०७५, काठमाडौं

एसिया कप क्रिकेट आज (शनिबार) बाट सयुक्त ईमिरेट्स युएईमा सुरु हुदैँ छ । एकदिवसिय फम्र्याटको आधारमा हुने खेलमा ६ टेष्ट राष्ट्र र एक एसोयिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

एसिया कपको उद्घाटन खेलमा समूह बि मा रहेका टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल नेपाली समय अनुसार बेलुका ५ः१५ बजे दुबईमा सुरु हुने जनाईएको छ । श्रीलंकाको कप्तानी एन्जेलो म्याथ्युजले तथा बंगलादेशको माश्रफ मोर्टाजाले गर्ने जनाईएको छ । एसिया कपको समूह बि मा बंगलादेश र श्रीलंकासंगै अफगानिस्तान पनि रहेका छन् । समूह ए मा भारत, पाकिस्तान र हङकङ रहेको छ ।

हङकङ एसिया कप खेल्ने एकमात्र एसोसियट राष्ट्र हो । गत साता मलेसियामा सम्पन्न एसिया कप छनोटको उपाधि जितेर हङकङले एसिया कपको टिकट काटेको हो । नेपाल भने एसिया कपको छनोटको शीर्ष दुईमा पर्न असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्