युगाण्डामा नेपालीहरुको तीज कार्यक्रम सम्पन्न



२९ भदौ २०७५, युगान्डा

राष्ट्रिय समन्वय परिषद् युगान्डाका अनुसार युगान्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेस्टुरेन्टमा करिब ४५ जना नेपलीहरुले धुमधामसँग तीज मनाएका छन् ।

उक्त कार्यक्रमा राष्ट्रिय समन्वय परिषद् युगान्डाका अध्यक्ष राजमणि भण्डारीको परिवार सहित पुर्व अध्यक्ष रमेश कंडेल र आइसिसि सदस्य जीवनाथ पंगेनी र परिषदका पदाधिकारी र सदस्यहरुका परिवारको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा सबै जना मिलेर नाँचगान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्