
२८ भदौ २०७५, काठमाडौं
तेह्रथुम जिल्लाको तम्फुला गाविस खाल्ले मूल थलो भएका कवाली अधिकारीहरूको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रम गत हप्ता काठमाडौं सम्पन्न भएको छ ।
कार्यक्रममा यस वर्षको एसइइ परीक्षामा उत्कृष्ठ ग्रेड ल्याउने अधिकारी बालबालिकालाई पुरस्कार तथा अन्य अधिकारी बालबालिकालाई सम्मान गरिएको थियो । १ लाखको अक्षय कोष स्थापना गरी २०६८ सालमा श्री तेह्रथुम खाल्ले/धर्मपुर प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।

कोषमा रहेको १ लाखको व्याजबाट उक्त पुरस्कार कार्यक्रमलाई निरन्तरता दिईदै आईएको तेह्रथुम खाल्ले /धर्मपुर प्रतिभा पुरस्कार कोषका महासचिव भोजराज अधिकारीले बताए । २०७४ सालको पुरस्कार विविध कारणले संचालन गर्न नसकिएको भन्दै कोषले उक्त वर्षको उत्कृष्ठ नजिता पुरस्कार पनि यसै वर्ष वितरण गरेको छ ।
०७४ मा पुरस्कृत हुने छात्रा आयुश्मा अधिकारी र छात्र तर्फ आदित्य राज अधिकारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस्तै यस वर्षको एसीइइको परीक्षामा उत्कृष्ठ ग्रेड ल्याउन सफल अनुषा अधिकारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस्तै शारीरिक रुपमा अशक्त प्रतिक अधिकारीलाई पनि कोषले विषेश पुरस्कारको व्यवस्था गरेको थियो । कार्यक्रममा ज्योति अधिकारीले आफ्ना दिवंगत हजुरबुवाको नाममा एकलाखको अक्षयकोषको घोषणा गर्दै ५० हजार नगद कार्यक्रममा नै हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संस्थाका सदस्यहरुले महिलाहरुलाई तिजको अवसरमा दरसमेत खुवाइएको थिए । साधारणसभाले लेखनाथ अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको
छ ।





