
२९ भदौ २०७५, काठमाडौं
काठमाण्डौस्थित चिनियाँ राजदुतावासका राजदुत यु होङले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत यु होङले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल गरेका थिए ।





