
२९ भदौ २०७५, चितवन / सबिना घिमिरे, डिलकुमारी नेपाल
लायन्स क्लब अफ चितवन सिटि मर्सी र लायन्स क्लब अफ चितवन सिटिको संयुक्त आयोजनामा भएको बृहत खुल्ला सामुहिक तीज नृत्य प्रतियोगिता २०७५ अस्ति २७ गते सम्पन्न भएको छ । नेपालीहरुको महान चाड हरितालिका तीज को अवसर पारेर कार्यक्रम भएकाे छ ।
कार्यक्रममा दर्सकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रदेश नम्बर ३ का साम्सद गिता वाग्लेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि डिस्टिक ३२५ बि नेपालका PDG एम जे फ लायन राजकुमार श्रेष्ठ , उधोग बाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष ई भोजराज कौडेल रहेका थिए ।
त्यस्तै अतिथिहरुमा सामाजिक अभियन्ता तथा चितवन सिटि मर्सी लायन्स क्लबकी सल्लाहकार मिना खरेल,डिस्टिक एडभाईजर लायन डा शारदा कुवर उधोग बाणिज्य संघ चितवनका सदस्य लक्ष्मि रिमाल पौडेल,अर्का सदस्य सोमप्रसाद काप्री थिए। कार्यक्रमको संयोजक डिस्टिक एडभाइजर चितवन सिटि लायन्स क्लबका एम जे एफ लायन माधव प्रसाद पौडेल र मर्सिका कमला श्रेष्ठले गरेका थिए। सो कार्यक्रमको सहजीकरण मर्सिका सचीव उषा सुवेदी खरेल र कन्चना शर्माले गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रतियोगितामा १२ टोलिले भाग लिएका थिए ।
जसमा क्रमश पहिलो हुने अादर्श टाेल विकास संस्थाले सात हजार र प्रमाणपत्र दोस्रो हुने sisters crew ले पाँच हजार र प्रमाणपत्र तेस्रो हुने ग्लाेरियस एकेडेमीले तीन हजार र प्रमाणपत्र पाएका छन । सो कार्यक्रम चितवन सिटि लायन्स क्लबका अध्यक्ष लायन युवराज सुवेदी र चितवन सिटि मर्सी लायन्स क्लबका अध्यक्ष लायन लक्ष्मि पन्त ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।





