सोलुखुम्बुमा एउटा अण्डाको मूल्य ६६ रुपैंया



२९ भदौ २०७५, काठमाडौं

सोलुखुम्बुको नाम्चे बजार क्षेत्रमा कुखुराको अण्डा प्रतिगोटा ६६ रुपैंयासम्म पर्ने गरेको छ । पछिल्लो समय खाद्यान्न ढुवानी ठप्प जस्तै बनेपछि होटल व्यवसायीहरुले यो मूल्यसम्म तिरेर अण्डा खरिद गर्नुपरेको हो । एक सातादेखि खाद्यान्न सामान खरिदमा समस्या देखिएसँगै अगाडि भण्डारण रहेको सामानमा पनि कालो बजारी भएको त्यहाँका व्यवसायीहरु बताउँछन् ।

नाम नबताउने एक व्यवसायीका अनुसार एक कार्टुन अण्डाको १४ हजार सम्म पर्ने गरेको छ । कार्टुनमा २ सय १० दाना हुने भएकाले अण्डाको मूल्य १४ हजार पर्न गएका हो । सो अण्डाको मूल्य सदरमुकाम सल्लेरीमा २० देखि २५ रुपैंया सम्ममा किनबेच भईरहेको छ । यो अनुपात हेर्दा नाम्चे बजारको अण्डाको दर ४ गुणाले बढि हो ।

नाम्चे बजारमा भईरहेको कालो बजारीमा सरकारको ध्यान पुग्नुपर्ने नाम्चेका व्यवसायीहरुको माग छ । नाम्चेमा अण्डा मात्र नभएर तरकारी तथा अन्य दैनिक उपभोग्यमा सामानहरुको पनि अभाव तथा पूर्व भण्डारणको सामानमा पनि ठगि तथा कालो बजारी हुने गरेको बताईएको छ । पर्यटकिय सिजन सुरु भएसँगै यस्तो समस्या निम्तिनुले व्यवसायीहरुमा तनाव सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्