
२८ भदौ २०७५, काठमाडौं
बंगलादेशले ११ सय १० मेगावाटका सुनकोशी दाश्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ ।
पावर एण्ड इनर्जी सप्ताहको क्रममा बंलदेशमा उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन समक्ष बंगलादेशले यस्तो प्रस्ताव गरेको हो । सिन्धुलीको सुनकोशी दोश्रो तथा काभ्रे र रामेछापको सुनकोशी तेस्रो जलविद्युत आयोजना हाल विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको छ ।
जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) र नेपाल विद्युत प्राधिकरणले दुबै आयोजनाको सन् १९८४ मा जलाशययुक्त आयोजनाको रुपमा पहिचान गरेको थियो ।





