एउटै नम्बर प्लेटका दुई मोटरसाइकल नियन्त्रण



२७ भदौ २०७५, कपिलवस्तु

कपिलवस्तुमा एउटै नम्बर प्लेट, रंग र कम्पनिका दुई मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

कृष्णनगर नगरपालिका ८ बहादुरगंज देखि तौलिहवा जाँदै गरेकोे लु २२ प २७३१ नम्बरको स्मार्ट मोटरसाइकल तथा बहादुरगंज देखि चन्द्रौटा तर्फ जाँदै गरेको स्मार्ट मोटरसाइकलको रंग, कम्पनी तथा नम्बर एउटै फेला परेको छ ।

इलाका प्रहरी कार्यालाय बहादुरगंज प्रहरी नयाब निरीक्षक जगजीवन यादवको कमान्डमा खटिएको विशेष प्रहरी टोलिले सोमबार बहादुरगंजदेखि उक्त मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको इप्रका गणेशपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्