
२६ भदौ २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाले नगरका सबै वडावासीहरुलाई असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा आफ्नो वरपर २ घण्टा सरसफाई गर्न आव्हान गरेको छ ।

आफ्नो वरिपरिको सरसफाई आफ्नै दायित्व भन्ने मूल सन्देशका साथ मनाउन लागिएको संविधान दिवस कार्यक्रमलाई आफ्नो घर वरपर ५० मिटरसम्मको दुरीमा सरसफाई गर्न नगरपालिकाले आव्हान गरेको छ ।

वडा कार्यालय, टोल सुधार समिति, महिला समूह, राजनीतिक दल, विद्यालय, क्लब, धार्मिक संघसंस्था सवैलाई असोज ३ गते विहान ६ देखि ९ बजेसम्मको समयमा कम्तीमा २ घण्टा सरसफाईमा सहभागी हुन नगरप्रमुख उद्धव खरेलले आयोजित पत्रकार सम्मेलन मार्फत अनुरोध गरेका छन् ।





