
२६ भदौ २०७५,दमक
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको न्यायालय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर रहेको बताएको छ ।
युथ नेटवर्क दमकले आज यहाँ आयोजना गरेको ‘न्यायामा आम नागरिकको पहुँच’ विषयक अन्तक्र्रियामा उनले न्यायालय अहिले पनि सीमित व्यक्तिको पहुँचमा मात्र रहेकाले न्यायालयले प्रदान गर्ने सेवा सुविधामा आमूलपरिर्वतनको खाँचो रहेको बताए ।
आम नागरिकमा अहिले पनि न्यायप्राप्तिका विषयमा ज्ञान नहुँदा सीमित सङ्ख्यामा रहेका भूमाफिया र दलालका कारण न्यायमा समेत प्रभाव पार्नसक्ने चर्चा गर्दै उनले न्यायलयमा पनि अझै सुधारको खाँचो रहेको बताए ।





