न्यायाधीश जोशी सर्वोच्च फर्के



२६ भदौ २०७५, काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बस्नुभएका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केको छ ।

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बसेको थियो । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएको थियो ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्कनुभएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । जोशी काममा फर्कनु भए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्