फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको नयाँ नेतृत्व चयन



२५ भदौ २०७५, काठमाडौं

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको १७औं साधारणसभा सम्पन्न भएको छ, उक्त साधारणसभाले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा कृष्णकुमार फुयाँल बिजयी भएका छन् ।

शनिवार सम्पन्न निर्वाचनमा कृष्णकुमार फुयाँलले ४९ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्दी निवर्तमान अध्यक्ष रविन कुमार श्रेष्ठले ३४ मत ल्याए, अध्यक्ष सहित अन्य पदाधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु (३), महासचिव, उपसचिव, सचिव, कोषाध्यक्ष र सदस्य पनि चयन गरिएको छ, जसमा क्रमश उत्तम अधिकारी, नानीराज घिमिरे, शम्भु तिमिल्सेना, चोक कुमार श्रेष्ठ (राजन) महासचिवमा नवराज गौतम, उपमहासचिवमा ज्ञानेन्द्र दाहाल, सचिवमा ऋिषिराज घिमिरे, कोषाध्यक्षमा दिपेन्द्र थापा, सदस्यहरुमा सौरभ श्रेष्ठ, त्रिलोक श्रेष्ठ, शंकर गौतम, रामकृष्ण श्रेष्ठ, योगेन्द्र पाठक, रुद्र न्यौपाने, बलराज पौडेल, दिवाकर गिरी, अमित शाह, सुरज बन्जाडे चयन भएका छन् । अध्यक्ष, उपाध्यक्ष र दुई सदस्यका लागि निर्वाचन भएको थियो ।

सो साधारणसभाको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले गरेका थिए भने संघको सांगठनीक प्रतिवेदन संघका महासचिव मनोजकुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा संघका कोषाध्यक्ष नानीराज घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्