तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यालय न्युयोर्कमा समुद्घाटन



२४ भदौ २०७५, न्यूयोर्क

सेप्टेम्बर ८, २०१८ मा तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यालय नेपाली महावाणिज्यदुतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराईद्वारा समुद्घाटन गरियो ।

एक दर्जन भन्दा बढी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको माझ नेपाली डायस्पोराका सामुदायिक गतिबिधिलाई उजागर गर्न स्थापित कार्यालय लामा गुरुबाट पुजाअर्चना गरेर औपचारिक रुपमा शुरुवात गरिएको थियो ।

प्रमुख अतिथि भट्टराईले नेपाली डायस्पोराका संघ संस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिबिधिहरु संचालन गर्नु पर्ने र प्रवासमा नेपालीहरुको एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने भनाई राखेका थिए ।

तामाङ समाज अमेरिका भर्खरै स्थापना भए तापनि यो संस्थाले नेपाली डायस्पोराका संघ संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिबिधिलाई नेतृत्वदायी भूमिका निर्बाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिवद्धता जनाईन् । नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मुलधारको राजनीतिमा समाबेश गर्न हाम्रो दोश्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने उनले बताईन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामा, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापती विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, संगठन विभाग प्रमुख वेद खरेल, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेपक गुरुङ, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तमु परिवार न्युयोर्कका अध्यक्ष डम्मरजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङडेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिंग शेर्पा, प्रेम एण्ड पुनम फाउन्डेशनका अध्यक्ष प्रेम थोकर, गैरआवासीय नेपाली संघ अमेरिकाका सहकोषाध्यक्ष पवन योन्जन लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली महाबाणिज्यदुतवास न्युयोर्कका कन्सुलर क्रिशु क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष शान्त थोकर, गैर आवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जे शेर्पा, पर्यटन प्रवर्धन समितिका संयोजक जाङबु शेर्पा गोले, न्युयोर्क समाचार अनलाईन् न्युजका गोकुल श्रेष्ठ, खसोखास साप्ताहिकका सम्पादक अनिल अधिकारी, गैर आवासीय नेपाली संघ, अमेरिका न्युयोर्क शाखाका अध्यक्ष रामहरि अधिकारी र नेपाल बिधार्थी संघका अध्यक्ष प्रभात सापकोटाको उपस्थिति रहेका थिए ।

सानुमाया तामाङले अध्यक्षता गरेको कार्यक्रमको संचालन तामाङ समाज अमेरिकाकी सचिव विनिता तामाङले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्