प्रदेश १ को नाम निर्विकल्प सगरमाथा राख्न किन हिच्किचाउनु हुन्छ मुख्यमन्त्री ज्यु ?



२४ भदौ २०७५, काठमाडौं

मुख्यमन्त्री ज्यु ! निर्विकल्प रुपमा प्रदेश १ को नाम सगरमाथा राख्न किन हिच्किचाउनु हुन्छ? के छ सगरमाथा नाम भित्र त्यस्तो रहस्य जुन नाम राख्नै नहुने ।

संसारले सम्मान र इज्जत गरेको, विश्वले चिनेको यस्तो पवित्र स्थल, जुन देशकै नाम राख्दा पनि कुनै समस्य छैन तर देश भित्रकै एउटा प्रदेशको नाम राख्नमा किन यस्तो समस्य छ ? दुनियाँले नेपाल हैन, सगरमाथाको देश भनेर चिन्छ र यसबाटनै परिचित पनि छ यो हाम्रो गर्वको कुरा पनि हो तर यहि सगरमाथा नाम प्रदेशको राक्न किन कन्जुस ? के प्रदेशको नाम सगरमाथा राख्दा हाम्रो इज्जत र प्रतिष्ठा घट्छ ? हामीले लज्जा भएर शिर निहुराएर हिड्नु पर्ने हुन्छ ?

विश्वले मानेको र संसारले सम्मान गरेको संसारको सबैभन्दा अग्लो हिमाल जसको नाम भन्न पाउदा मात्र पनि हाम्रो शिर ठाडो भएको महसुस हुन्छ। तर, आज त्यै सगरमाथालाई अबमुल्यान, अपमान र बेवास्ता गर्दै मनभित्र स्वर्थको जन्जिर पालेर उफ्रिने २/४ जना किराँतीहरुको माग पूरा गर्ने बहानामा साच्चै किराँत प्रदेश नै नामकरण भयो भने आगामी दिनमा केहि कट्टर किराँती हुँ भन्नेहरु बाहेकका ८० प्रतिशत जनताले तपाईको विकल्प पनि नखोज्लान भन्न सकिन्न ।

हामीले चुनावको दौडानमा कुनै जातजाति, भाषाधर्म, सस्कृती, रितिरिवाज र लिंग नहेरी खुल्ला दिलले मत मागेका थियौ अनि त्यसै गरि मत दिएर विजयी बनाएका पनि हौं । आज यादकदा सुनिन्छ किराँत प्रदेश बाहेक अर्को विकल्प हुनै सक्दैन । के यहि थियो त्यति बेलाको चुनावी मुद्दा ? के यहि थियो त्यति बेलाको मतदाताहरुको आशा ?

जतिबेला चुनावी अभियनमा तपाईलाई भावी मुख्यमन्त्रीको रुपमा परिचित गराउदै हामी घरदैलो अभियनमा हिड्डै गर्दा हामीले कुनै दिन जातियताको दुषित गन्ध कतै महसुस गरेका थिएनौ । समान र सम्मानजनक पहिचानको अनुभव बटुलेका थियौँ तर अर्को पक्षलाई उपेक्षा गर्ने किसिमको पहिचानको प पनि भेटेका थिएनौ ।

एउटा बुढो बाहुन लौरो टेक्दै तपाईंको निम्ति मत माग्न घरदैलो अभियनमा हिडेको छ । एउटी बुढी बाहुनी आमै घाम पानी नभनी तपाइको निम्ति मत लगाउन घन्टौं लाईनमा बसेकी छिन । एउटा दलित केटो रातदिन तपाईंको पर्चा टास्दै र पम्प्लेट बाड्दै घर घर हिडेको छ । उनिहरुले तपाईलाई जिताउनको निम्ति यतिको मरिहत्ते गरेर लाग्नुको अर्थ किराँत प्रदेश नामकरण होला भनेर थिएन । उहाहरुको एउटै आस थियो कि सबै जातजातिको सम्मान हुने र पहिचान झल्किने गरि प्रदेशको नामकरण हुनेछ भन्ने ।

एकथरी किराँतीहरु किराँत प्रदेश भएपछि छेत्री बाहुन खेदिन्छ भन्दै हिडेको पनि नभेटेको होइन । किराँत प्रदेश भएपछि छेत्री बाहुनको चुचो नाक काटेर कोशी कटाईन्छ भन्दै चोक चोकमा उफ्रिनेहरु नभेटेको पनि होइन । र तिनिहरुकै पर्पान्चमा किराँत प्रदेश नामकरण गर्ने दबाव स्वारुप हजारौको फर्जी हस्ताक्षर निर्माण गरेर प्रधानमन्त्रीसम्म पुर्याउनको निम्ति तपाईलाई हस्ताक्षर बुझाएको हामीले नबुझेको पनि होइन । तर त्यस्ता खाले तपाईलाई नै विफल र आलोचित बनाउने तिनिहरुको स्वार्थी रणनीतिको दलदलमा तपाई फस्नु भयो भने इतिहासले कुनै दिन तपाईलाई माफी दिने छैन ।

किराँत प्रदेश नै नामकरण हुनुपर्छ भन्ने कतिपयको बुझाई छ कि किराँत प्रदेश भयो भने सबै कर्मचारी किराँती मात्र हुनेछन् । कुनै ठाउँमा जागिर खुल्यो भने पहिलो प्राथमिकता किराँतीले मात्र पाउनेछ र त्यस पछि मात्र अन्यले पाउनेछ । किराँत प्रदेश भित्र सबै शासन किराँतले मात्र गर्न पाउनेछ । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री र साम्सदहर किराँती बाहेक अरु हुन पाउने छैनन् । यी र यस्तै भ्रम बोकेर र बोकाएर केही किराँती हरु प्रदेशको नाम किराँत नै हुनुपर्छ भन्दै शक्तिकेन्द्र धाउनमा तल्लिन छन् ।

यदि अहिले कारणबस प्रदेश १ को नाम किराँत नै भयो भने त्यो केही बर्षमा टुक्राटुक्रा भएर खम्बुवान, लिम्बुवान, कोचिला लगायत विभिन्न नामहरुमा टुक्राटुक्रा भएर विभाजन हुने निश्चित छ । तेसैले यहि विभाजनलाई रोक्नकै निम्ति भए पनि प्रदेशको नाम सगरमाथा राख्नुको कुनै विकल्प छैन । तपाइको पनि भित्री इच्छा त सगरमाथा नै राख्ने छ तर किन निर्णय गर्ने आँट गर्नुहुन् ? सगरमाथा नामकरण गर्नको निम्ति तपाईलाई अधिकांस सांसदहरुको साथ छ र पनि किन एक्लो झैँ देखिनुहुन्छ ?

तपाईलाई यो पनि थाहा छ कि सबै किराँतीहरु किराँत प्रदेशको पक्षमा छैनन्। सबै किराँतीहरुको साझा माग पनि होइन भन्ने तपाईले बुझ्नु भएकै छ तर यसरी ढिला सुस्ती गर्दा भने केहि अनौठो महसुस पक्कै भएको छ। म पनि किराँत सस्कृतिलाई सम्मान गर्छु, किराँती समुदायलाई आदर गर्छु, किराँती सभ्यतासँग झुकाव राख्छु, किराँती भाषा,धर्म, भेषभुषा र रितिरिवाजहरुलाई उत्तिकै श्रद्धा प्रकट गर्दछु। त्यसैले प्राचिन किराँती सभ्यताको सम्मान गर्न, रक्षा गर्न र आदर गर्दै कुनैपनि ठाउँबाट विवाद रहित बनाउनको निम्ति पनि प्रदेशको नाम सगरमाथा बनाउनुपर्ने आवश्यकता छ।

मलाई राम्रोसँग थाहा छ मुख्यमन्त्री ज्यु , यदि तपाईले हिम्मत गरेर प्रदेशको नाम सगरमाथा नै राख्नु भयो भने तपाईको सबैतिर जयजयकार हुनेछ अनि गुनगान गाउन सुरु हुनेछ। हुन सक्छ केहि चोकहरुमा तपाईको विरुद्द नाराबाजी हुन सक्छ। तपाईको २/४ ठाउँ पुत्ला जलाउन सक्लान या त १ नम्बर प्रदेश बन्दको घोषणा गर्न सक्लान। यो स्वाभाविक पनि हो। त्यो कुनै नौलो कुरा पनि हैन। किनकि तिनीहरु नै हुन् जो देशको नाम बदल्नु पर्छ भन्दै उफ्रिनेहरु, तिनीहरु नै हुन् संबिधान स्वीकार्य छैन भन्दै जलाउनेहरु, तिनीहरु नै हुन् राष्ट्रिय झण्डा, जनावर र पोशाक परिवर्तन गर्नु पर्छ भन्दै आन्दोलन गर्नेहरु। के त्यो जायज माग थियो त ?

एकल पहिचान सहितको जातियताको मुद्दामा धेरै शहिद बनेका र मधेश प्रदेश बाहेक अर्को कुनै विकल्पै छैन भनेर आन्दोलन चर्काएका तराई मधेश अन्तर्गतको २ नम्बर प्रदेशले लगभग २ तिहाई मत बटुल्दा पनि किन प्रदेशको नाम मधेश प्रदेश राख्न सकिरहेको छैन ? के अप्ठ्यारो थियो र तिनिहरुलाई ? यो त तपाईले पक्कै बुझ्नु भएकै छ ।

त्यसैगरी, सबैको पहिचान खुल्ने, सबैले सम्मान र गर्व गर्ने नाम राख्नले प्रदेश ४ को नाम गण्डकी प्रदेश र प्रदेश ६ को नाम कर्णाली प्रदेश यति छिटो रहन गएको भन्ने त तपाईंले पक्कै बुझ्नु भएकै होला। यसरी नै प्रदेश १ को नाम सगरमाथा राख्ने हिम्मत गर्नु भएको थियो भने यतिबेला प्रदेश १ को नाम स्वर्णिम अक्षरमा लेखिसकेको हुने थियो । साथसाथै तपाइको नाम पनि इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिने थियो।

प्रतिक्रिया दिनुहोस्