नेकपा सिन्धुलीका महिलाले काठमाडौंमा तीज मनाए



२३ भदौ २०७५, काठमाडौं

सिन्धुली जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने पूर्व नेकपा एमाले र माओवादी केन्द्र समर्थक महिलाहरुले संयुक्त रुपमा मित्रपार्कस्थित गोल्डेन लाईट पार्टी प्यालेसमा संयुक्त तीज कार्यक्रम मनाएका छन् ।

पार्टी एकीकरण प्रक्रिया जारी रहेको अवस्थामा महिला संगठनहरु एकीकृत नभएपनि संसदीय निर्वाचनदेखि संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दै आएका कार्यकर्ताले तीजमा पनि निरन्तरता दिएका छन् ।

पार्टी संगठनका सदस्यबाट स्वैच्छिक सहयोग संकलन गरी सहभागीलाई निःशुल्क दर तथा नाचगानको व्यवस्था गरिएको आयोजक विना श्रेष्ठले परिवर्तन खबरलाई बताईन् ।

प्रतिक्रिया दिनुहोस्