
२३ भदौ २०७५, काठमाडौं
संसारमा विवाहका लागि अनौठो सर्त राखेको खबरहरु आइरहन्छन् । यस्तैमा रिलिजको तयारीमा रहेको फिल्म ‘अनुराग’ की अभिनेत्री एलिजा गौतमले पनि चर्चित पत्रकार ऋषि धमालासामु यस्तै सर्त राखेकी थिइन् ।
राजधानीको एक पत्रकार सम्मेलनमा ऋषिले श्रीमतीलाई नायिका बनाउनुपर्ने कारण खुलाए । धमलापत्नी एलिजाले विवाह गर्नुपूर्व पत्रकार ऋषिसँग फिल्ममा नायिका बनाउने भए मात्र विवाह गर्छु नत्र गर्दिनँ भनेकी थिईन् । जब ऋषिले उनको सर्त माने तव मात्र उनीहरुको विवाह भएको थियो ।
पत्रकार ऋषि धमलाले आफ्नो पत्नीको सानैदेखि नायिका बन्ने रहर रहेको र धेरै नायिकाहरु विवाह नगरुन्जेल फिल्ममा सक्रिय हुने र विवाह गरेपछि हराउने चलनलाई तोड्दै आफूले चाहीँ विवाह गरेपछि मात्र श्रीमतीलाई नायिका बनाउने निर्णय गरको बताए ।
एलिजासँग गरेका वाचा अनुरुप पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र यहि असोज १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।





