पदस्थापनासँगै पत्रकारलाई सम्मान



२३ भदौ २०७५, सुनसरी

सुनसरीको रामधुनी नगरपालिका क्षेत्रलाई केन्द्र वनाएर सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका तीन लायन्स क्लवले संयुक्त रुपमा पदस्थापना कार्यक्रम सम्पन्न गरेका छन् ।

लान्यस क्लव अफ रामधुनी, लान्यस क्लव अफ कोशी रिभर र लान्यस क्लव अफ ग्रिनसिटीले संयुक्त रुपमा पदस्थापना कार्यक्रम गरेका हुन ।

लायन्स क्लव अफ ईन्टरनेशनल अफिसर डिष्ट्रीक गर्भनर आनन्दप्रसाद भेटवालको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापना कार्यक्रममा वर्ष २०१८/१९ का लागि तीनवटै क्लवका अध्यक्षहरुलाई कार्यभार हस्तान्तरण गरिएको थियो । वर्ष २०१७/१८ का लायन्स क्लव अफ रामधुनीका अध्यक्ष हर्सलाल चौधरीले  २०१८/१९ का अध्यक्ष दुर्गाप्रसाद फुयाँललाई पदभार हस्तान्तरण गरेका हुन त्यसै गरी वर्ष २०१७/१८ का लायन्स क्लव अफ रामधुनी सिटीका अध्यक्ष डिल्ली कार्कीले २०१८/१९का अध्यक्ष डेगेन्द्र फुयाँललाइ र  वर्ष २०१७/१८ का लायन्स क्लव अफ कोशी रिभरका अध्यक्ष कुमार श्रेष्ठले २०१८/१९का अध्यक्ष दयाराम रेग्मीलाई पदभार हस्तान्तरण गरेका हुन ।

सोही कार्यक्रमका अवसरमा पत्रकारिता क्षेत्रबाट सामाजिक विकासमा योगदान गरेको भन्दै एभिन्युज खवरका इटहरी व्युरो संवाददाता कृष्ण भट्टराई लगायत तीन जना सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित सञ्चारकर्मीहरुमा एभिन्युजकर्मी भट्टराई सहित मर्निगं टाइम्स दैनिक धरानका धिरेन्द्र चौधरी र रामधुनी एफएमका सुनिल चौधरीलाई सम्मान गरिएको हो । सम्मानित सञ्चारकर्मीहरुलाई कार्यक्रममा प्रमुख अतिथी भेटवालले सम्मान पत्र र नगद सहित सम्मान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्