भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउने नगर प्रमुख रेणु दाहालको भनाई



२३ भदौ २०७५, चितवन

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई उदाहरणिय बनाउने बताएकी छिन् । भरतपुर महानगरपालिकाको मुख्य सहर नारायणगढ बजारको राजमार्गको सरसफाईकै क्रममा प्रमुख दाहालले देशकै सफा र हरियाली महानगर बनाउने बताएकी हुन् । उनको अनुसार, ‘महानगरलाई सफा र हरियाली अभियानमा सफल हुन, लागेका छौँ, स्मार्ट सिटीको नमुनाकाे थालनि र परिकल्पनालाई साकार पार्न सबैभन्दा पहिला नगर हरियाली र सफा हुन जरुरी छ ।

उनका अनुसार महानगरलाई सफा र हरियाली बनाउन ,विभिन्न सरसफाइमा जुटेका सामाजिक संघसंस्थाहरु र अभियान्ताहरुले महानगरलाई साथ र सहयोग दिनेछन । मेयर दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्दै लैजाँदा, हरियाली अनि यसमा चाहिने अबशयकता महानगरले प्रमुख प्राथमिकता दिएको बताईन् । महानगरले पहिला भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न वृहत विज्ञहरुको गोष्ठीसमेत चलाएको हाे । गोष्ठीमा नगरलाई हरियाली र सफा बनाउनुपर्ने कुरासमेत उठेको थियो ।

दाहालले भरतपुर महानगरलाई सफा र हरियालीको नमुनाको रुपमा चिनाएर विश्वका पाहुनालाई भरतपुर आउने वातावरण सिर्जना गर्नु र पयटकिय क्षेत्रलाई महानगरको मधेय नजर गरेकाे बताइन । उनले भनिन्, ‘महानगरलाई स्मार्ट सहर बनाउन पनि पहिला सफा र हरियाली ‘महानगरका ३ वटा वडाहरु सरसफाइयुक्त घोषणा भइसकेको छ, भविष्यमा नै भरतपुर महानगरलाई हरियाली र सरसफाइयुक्त महानगर घोषणा गर्ने अठोट मैले लिएको छु’ प्रमुख दाहालले भनिन ।

दाहालले भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा सहर बनाउन विभिन्न योजनाहरु ल्याएको बताइन । नगरलाई सफा र हरियाली राख्न भरतपुर महानगरले १ घर २ बिरुवा अभियान पनि चलाइरहेको हाे । भरतपुरलाई वातावरणमैत्री बनाउन ,संघसंस्थालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने प्रमुख दाहालको भनाइ थियो । नारायणगढमा सरसफाइ र बिरुवा रोपनभरतपुर महानगरले आज नारायणगढको सरसफाइ र बिरुवा रोपनको कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढको बजारको बीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका बिरुवा रोपिएको भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताए ।

भरतपुर महानगरलाई सफा र हरियाली बनाउने अभियान चलिरहेको उनको भनाइ थियो । सरसफाइ अभियानअन्तर्गत नै आज नारायणगढमा बिरुवा रोप्ने र सरसफाइ गर्ने कार्यक्रम भएको प्रशासकीय अधिकृत सुवेदीले भने महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, जि एस ए टिमका विभिन्न संघसंस्थालगायत सामाजिक अभियान्ताहरु सहभागी रहयाे ।

भरतपुर वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठले सहरलाई हरियाली बनाउन महानगरले अभियान चलाइरहेको र अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा बिरुवा रोप्ने काम भएको बताए ।सामाजिक अभियान्ताहरुले विभिन्न २० भन्दा बढी जातको बिरुवा संकलन गरेका थिए । ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले नगरलाई सफा र हरियाली बनाउन ट्राफिक प्रहरीको पनि मुख्य भूमिका हुने भएकाले अभियानमा लागेको बताए

प्रतिक्रिया दिनुहोस्